२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस 

 "  कांग्रेसका सातवटै प्रदेश सभापतिको भेला पोखरामा हुने "

भेला यही भदौ १६ र १७ गते 

बिहिवार , भाद्र ७, २०८०

गण्डकी, भदौ । नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीको भेला यही भदौ १६ र १७ गते पोखरामा हुने भएको छ ।

नेपाली कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी सङ्गठनलाई सुधार गर्न सामूहिक धारणा तय गर्ने गरी भेला आयोजना गरिएको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकारी दिएका छन ।  

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको व्यवस्थापनमा हुने भेलाको उद्घाटन पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको उनले बताए । 

भेलामा प्रदेश समितिको भूमिका एवं पार्टीको संस्थागत विकासलगायतमा छलफल हुने जनाइएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार