काठमाडौँ, भदौ । नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको कांग्रेस नेता डा. शेखर कोइरालाले बताएका छन् ।
बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले सुन तस्करी, ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थीलगायतका घटनाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको प्रमाण दिने बताएका हुन् ।
नेपालमा एकपछि अर्को अपराधको घटना आउन थालेको र त्यस्ता घटनामा विदेशी नागरिकसमेत देखिनुले अन्तर्राष्ट्रिय तस्करहरुको अखडा बन्दै गएको आफूले बुझेको कोइरालाको भनाइ छ ।
अहिलेका घटनाले नेपालको साख विश्वस्तरमा गिर्दै गएको बताउँदै भने, अपराध र भ्रष्टाचार रोक्न कांग्रेसले राजनीतिक रूपमा अग्रसरता लिएर अघि बढ्नुपर्छ ।