२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

राष्ट्रिय मान्यता प्राप्त दल

 बैठकपछि कांग्रेस सचेतक लेखकले भने  : " आयोग गठन अर्को महिना "

सबै खालका सुन तस्करीको छानबिन गर्ने 

बुधवार , भाद्र ६, २०८०

 

काठमाडौँ, भदौ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुन तस्करीका विषयमा छानबिन गर्न आगामी असोज ५ गते सरकारका तर्फबाट उच्चस्तरीय आयोग गठन हुने बताएका छन । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता लेखकले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम उक्त आयोग गठन हुने जानकारी दिएका हुन  । 

उनले यसअघि भएका सबै खालका सुन तस्करीको विषयमा सो आयोगले छानबिन गर्ने बताए ।  

कानुनी रुपमा कुनै कमजोरी रहेको वा सुधार गर्नुपर्ने विषय भए त्यसका बारेमा समेत आयोगले सरकारलाई सुझाव दिने उनको भनाइ थियो । 

उनले आजको सहमतिपछि अब सङ्घीय संसद्को दुवै सदनको बैठक नियमित रुपमा सञ्चालन हुने जानकारी दिए ।  

नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले आफूहरुले नियमित रुपमा उठाइरहेको उच्चस्तरीय छानबिन आयोगको गठनको माग सम्बोधन भएको बताए ।  

उनले आयोग गठनपछि विगतका सबै खालका सुन तस्करीका विषयमा छानबिन हुने प्रतिक्रिया पनि दिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार