काठमाडौँ, भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ दशमलव ४७ अङ्कले बढेर दुई हजार ४५ दशमलव ४५ अङ्कमा कायम भएको छ ।
आज नेप्सेमा सूचिकृत २७३ कम्पनीको ४२ लाख ३७ हजार ६९ कित्ता शेयर ४४ हजार ३४० पटक खरिदबिक्री हुँदा रू एक अर्ब ५१ करोड चार लाख ८८ हजार ८८४ बराबरको कारोबार भएको छ ।
आज सबै समूहका उपसूचक हरियो देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक २७६ दशमलव २९ अङ्कले र निर्जीवन बीमा समूहको उपसूचक ३२ दशमलव २२ अङ्कले बढेको छ ।
बैंकिङ समूह नौ दशमलव ५४, विकास बैंक ४३ दशमलव ५५, वित्त ३३ दशमलव ८२, होटल तथा पर्यटन ५७ दशमलव २८ र लगानी समूह एक दशमलव ०७ अङ्कले बढेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन ४२ दशमलव ८०, लघुवित्त ६१ दशमलव ८०, म्युचुअल फन्ड शून्य दशमलव १२, व्यापार ५५ दशमलव ४९ र अन्य समूह १३ दशमलव ३७ अङ्कले बढेको छ ।
कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ अङ्कले बढेको छ भने धेरै घट्नेमा सिजिटन्स सुपर–३० म्युचुअल फन्डको शेयर मूल्यमा सात दशमलव ४२ प्रतिशतको गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको रू सात करोड ५७ लाख ६५ हजार *९४ बराबरको कारोबार भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सोल्टी होटल लिमिटेडको एक लाख ५१ हजार &१३ कित्ता शेयर किनबेच भएको छ ।
-