२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस 

सभापति देउवा भन्छन : "  देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्छ "

शुक्रवार , भाद्र १, २०८०

काठमाडौँ, भदौँ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताएका छन् ।

शुक्रबार नेपाल निजामती कर्मचारी युनियन राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले कर्मचारी भनेको स्थायी सरकार भएकाले कर्मचारीहरूसहित सबै मिलेर अब देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताए । 

उनले अहिले पार्टीका नाम जुनकुनै राखे पनि सबै पार्टीहरू प्रजातान्त्रिक र संविधानअनुसार चलेको बताए ।

कर्मचारी भनेको स्थायी सरकार हो । हामी भनेको राजनीतिक भनेको आउने जाने हो, निर्वाचित सरकार र स्थायी सरकार हुन्छ, त्यसैले वास्तवमा कर्मचारी भनेको स्थायी सरकार हो । त्यो स्थायी सरकार सशक्त हुनुपर्छ । 

अहिले प्रजातन्त्रवादी छन् ।पार्टीको नाम जे राखे पनि सबैले संविधानलाई पालना गर्नुभएको छ,' देउवाले भने, 'संविधानअनुसार पार्टी चलेका छन् ।' 

'भोलिका दिनमा ध्यान दिनुपर्ने कुरा के छ भने कर्मचारी युनियन भयो, सामाजिक संगठन, राजनीतिक, पार्टी संगठनहरु चलायमान बनाउनुपर्छ । '

'अर्को भनेको देशलाई समृद्धितर्फ, विकासतर्फ बढाउनुपर्छ । कोभिडबाट बल्ल बल्ल मुक्ति पाएको देश हो यो, फेरि डेंगी आइरहेको छ । सबैकुरालाई ध्यानमा राखेर अघि बढ्नुपर्छ ।’

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार