२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सुनचाँदीको मूल्य घट्यो

बिहिवार , श्रावण ३२, २०८०

काठमाडौँ, साउन ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजोको तुलनामा सुनको मूल्य ८०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

जसअनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार २०० रुपैयाँ कायम थियो भने तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ६५० रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज तोलामा ५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम रहेको जनाएको छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार