२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पेट्रोल र डिजेलको मूल्यवृद्धि

मंगलवार , श्रावण ३०, २०८०


काठमाडौँ, साउन । पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ र पेट्रोल प्रतिलिटरमा रु पाँचले बढाएर मूल्य समायोजन गरेको हो । 
 
निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य  १६४ दशमलव पाँच रुपैयाँ प्रतिलिटर कायम हुनेछ । 

इन्डियन आयल कार्पोरेशनबाट आज पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन दशमलव ८५ र ११ दशमलव २५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार