२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधिसभा बैठक

एमालेको निरन्तर अवरोध  : "  भदौ ३ सम्मका लागि संसद्‍ बैठक स्थगित  "

प्रतिपक्षी दलको  माग : 'उच्चस्तरीय छानबिन समिति गठन'

सोमवार , श्रावण २९, २०८०

काठमाडौँ, साउन । नेकपा एमालेका सांसदहरूले सोमबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेका छन् । एमालेको अवरोधसँगै सभामुख देवराज घिमिरेले आइतबारसम्मका लागि संसद्‍ बैठक स्थगित भएको घोषणा गरे ।

सभामुख घिमिरेले शून्य समय सुरु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरु सिटबाट उठेर नारावाजी सुरु गरेका थिए ।

त्यसबीचमा सभामुख घिमिरेले कांग्रेसका सांसद सुनिल शर्मा र एमालेका सांसद मानवीर राईलाई आफ्नो भनाइ राख्न समय दिएका थिए ।

शर्माले आफूलाई पक्राउ गरिएको विषय र त्यसको घटनाक्रमबारे जानकारी गराएका थिए । शर्माले आफूलाई पक्राउ पुर्जी समेत नदिएर पक्राउ गरिएको भन्दै सरकारको विरोध गरेका थिए ।

एमालेका सांसद मानवीर राईले पनि सरकारको विरोध गरेका थिए । सुन प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति नबनाएको भन्दै राईले विरोध जनाएका थिए ।

केही समयको नारावाजीपछि सभामुख घिमिरेले आइतबार सम्मका लागि बैठक स्थगित गरेका थिए । प्रतिपक्षी दल एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै बारम्बार संसद्‍ बैठक अवरुद्ध पार्दै आएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार