२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कोेशी प्रदेश सरकार

 मुख्यमन्त्री थापाले भने  : ' स्थायित्व र विकासमा दलीय सहमति आवश्यक ' 

सरकार सबै दलबीच सहमति, सहकार्य गरेर अघि बढ्ने

शनिवार , श्रावण २७, २०८०


सुरुङ्गा (झापा),  साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दलहरू मिलेर प्रदेश चलाउनुको विकल्प नरहेको बताएका छन । 

झापाको कनकाई नगरपालिकास्थित कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको १४औँ क्याम्पस  सभाको उद्घाटन गर्दै उनले कोशी प्रदेशमा सरकारको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक रहेको बताए । 

मुख्यमन्त्री थापाले भने, “अब कोशी प्रदेशमा दलहरू मिल्नुको विकल्प छैन, यो कुरा सबै दलहरूले बुझेका छन । 

हामीहरूबीच भएको गठबन्धन पनि झिनो बहुमतको छ, यो झिनो बहुमतले सरकारलाई स्थायित्व दिन सक्दैन । तसर्थ सबै दल मिल्न जरुरी छ ।” 

मुख्यमन्त्री थापाले यो गठबन्धनको झिनो बहुमतले सरकारको प्रगति र समृद्धिलाई पूर्णता दिन नसक्ने बताउँदै  सरकारको स्थायित्वका लागि दलहरूबीच सहमति, सहकार्य र एकता अनिवार्य रहेको बताए ।  

सरकार अब सबै दलहरूबीचमा सहमति, सहकार्य र एकता गरेर अघि बढ्ने उनले स्पष्ट पारे । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार