२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस 

 नेता डा. कोइरालाले भने : "भ्रष्टाचारको अन्त्य र सुशासन दिन नसके सरकार टिक्दैन"

 'भ्रष्टाचार बढ्दा अमेरिकी लगानी रोक्न सक्ने'

शनिवार , श्रावण २७, २०८०

काठमाडौँ, साउन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासन दिन नसके अहिलेको  सरकार धेरै टिक्न नसक्ने बताएका छन् ।  उनले  भने, 'नेपाल अहिले अत्यधिक भ्रष्टाचार हुने देशको रुपमा चिनिन थालेको  छ ।'  

शनिबार भक्तपुर क्षेत्र नम्बर २ (ख)  ले गरेको क्षेत्रीय सभामा बोल्दै नेता कोइरालाले भने, ‘यदि यो सरकारले भ्रष्टाचारको अन्त्य र सुशासन दिन नसक्ने हो भने सरकार नै धेरै दिन टिक्दैन ।  आज हाम्रो देश अत्यधिक भ्रष्टाचार हुने मुलुकको सूचीमा परेको छ ।’

उनले अमेरिकाले नेपालमा लगानीका लागि प्रचुर सम्भावना भएको देश रहेको उल्लेख गरेको तर भ्रष्टाचार बढ्दा अमेरिकाले त्यस्तो लगानी रोक्न सक्ने बताए ।

‘अमेरिकाले लगानीका लागि नीति बनाएको छ, त्यसमा नेपालमा प्रचुर सम्भावना रहेको उल्लेख छ । तर त्यहाँ सबैभन्दा धेरै भ्रष्टाचार हुन्छ पनि उसैले भनिरहेको छ,’ उनले भने, ‘अर्को कुरा, राजनीतिक अस्थिरता छ भन्ने कुरा पनि छ ।'

 त्यसैले हामीले विदेशी लगानी भित्राउने हो भने यी कुराहरूमा ध्यान दिन आवश्यक छ ।’ उनले नेपाली कांग्रेस सहितको गठबन्धन सरकारले नागरिकले चाहेजस्तो सुशासन दिन सक्नुपर्ने बताए । ‘

अब पार्टीलाई गुट र ग्रुपबाट अलग गरेर एक ढिक्का बनाएर अघि बढ्नुको विकल्प छैन । नागरिकले चाहेजस्तो सरकारले डेलिभेरी गर्नैपर्छ,’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार