२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधिसभा बैठक

एमालेकाे विरोध कायमै : " आजकाे बैठक स्थगित , अर्को बैठक साउन २९ मा बस्ने "

शुक्रवार , श्रावण २६, २०८०

 

काठमाडौँ, साउन । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विरोध गरेपछि स्थगित भएको छ ।प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै एमालेका सांसदले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए ।

सांसद साहले होहल्लाको बीचमा पनि सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन समिति गठन माग गरे । सांसद साह बोल्दा बोल्दै सक्तापक्षका सांसद उठेपछि सभामुख घिमिरेले केही नसुनिएको उल्लेख सांसद साहलाई बस्न आग्रह  गरे । सभामुखले नियमको पालना गर्न र सबैलाई सीटमा बस्न आग्रह गरे ।

सभामुखले सबैले पालैपालो समय पाउने विषयमा ध्यानाकर्षण गराउनुभयो ।प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तर नाराबाजी र विरोधका कारण सदन चल्न नसकेको पछि सभामुख घिमिरले बैठक स्थगित भएको जानकारी गराए । प्रतिनिधिसभाको अर्को यही साउन २९ गते सोमबार १ बजे बस्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार