२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

भारतीय क्रिकेट बाेर्डकाे कार्यालय अनिश्चितकालका लागि बन्द

सोमवार , चैत्र ३, २०७६

काठमाडौँ, चैत । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरस (काेभिड–१९) को प्रकोप बढ्दै गएपछि मुम्बईमा रहेकाे बीसीसीआईले सबै कर्मचारीलाई मङ्गलबारदेखि अनिश्चितकालका लागि छुट्टी दिएको छ । उसले सबै कर्मचारीलाई कार्यालय नआउन आग्रह गर्दै घरबाटै काम गर्न पनि भनेको छ ।

बीसीसीआईले कोरोनाको प्रकोपका कारण आईपीएल र घरेलु क्रिकेट पनि अनिश्चितकालका लागि स्थगित गरिसकेको छ । 

समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै सूत्रले भन्याे, 'बीसीसीआईका कर्मचारीहरुलाई वानखडे स्टेडियममा रहेकाे बोर्ड का मुख्य कार्यालय काेभिड–१९ काे महामारीका कारण बन्द रहने जानकारी दिइएकाे छ । सबै कर्मचारीहरुलाई घरबाटै काम गर्न भनिएकाे छ ।' 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार