२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधिसभा बैठक

कांग्रेस महामन्त्री शर्माको प्रश्न  : "  हरेका बिषयमा संसद अवरुद्ध रोकिनुपर्छ " 

'संविधानले बलियो बनाएका संस्थाप्रति विश्वासको संकट किन आयो  ?'

मंगलवार , श्रावण २३, २०८०

काठमाडौँ, साउन । हरेक विषयमा संसद् अवरुद्ध गर्ने परम्पराको अन्त्य गर्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । 

उनले नेपालको संसदीय राजनीतिमा संविधानले बलियो बनाएका संस्थाहरूप्रति अविश्वास गर्ने र राजनीतिक सहमतिमा बनेका छानबिनप्रति विश्वास नगर्ने गलत अभ्यास भइरहेको बताए । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा महामन्त्री शर्माले भने, एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गरेको विषयप्रति लक्षित गर्दै वास्तवमा संविधानले बलियो बनाएका संस्थाप्रति विश्वासको संकट घट्नुका कारणमाथि छानबिन गर्नुपर्ने परिस्थिति आएको बताए ।

उनले एमालेले संविधानले नै बलियो बनाएको नेपाल प्रहरीसहित अनुसन्धान निकायहरूमाथि विश्वास नगरेको तर राजनीतिक छानबिनमा विश्वास देखाएकोप्रति प्रश्न गरे ।

‘सुन तस्करी प्रकरणमा सरकारले गल्ती गर्‍यो । तर एयरपोर्टमा सरकारको एउटा हातले गरेको गल्ती अलि पर अर्को हातले सच्यायो, अब अनुसन्धान गरौँ, निष्कर्षमा पुगौँ । तर हामीलाई को प्रति अविश्वास हो ? हामी आफैँप्रति अविश्वास गरिरहेका पो छौँ कि ?,’ शर्माले प्रश्न गरे ।

उनले संविधानले नै गम्भीर प्रकृतिका अपराधको छानबिन नेपाल प्रहरीले गर्ने भनेर उल्लेख गरेको भन्दै दलीय आधारमा बन्ने छानविन समिति त्योभन्दा भरपर्दो हुन नसक्ने बताए ।

‘हामीले ०४६ को परिवर्तनपछि आफैँले बनाएका संस्थाहरूप्रति अविश्वास गरिरहका छौँ । सीआईबीप्रति अविश्वास हो कि राजस्व अनुसन्धानप्रति हो ? नेपालको संविधानले नै यी संस्थाहरूलाई अख्तियार प्रदान गरेको छ,’ उनले भने, ‘वास्तवमा यो छानविन गर्नुपर्ने अवस्था भएकै अवस्था हो । 

म छानबिन आयोग गठन गर्नुपर्छ भनेर माग गर्न चाहन्छु कि कानुन र संविधानले बलियो बनाएका संस्थाहरूमाथि हामी किन विश्वास गरिरहेका छैनौँ ? विश्वासको संकट उत्पन्न हुनुपर्ने परिस्थिति कसले बनायो ?’

महामन्त्री शर्माले हरेक विषय उठ्नेबित्तिकै संसद् अवरुद्ध पार्नु राम्रो नभएको बताए । ‘यो प्रतिनिधिसभा हो, यहाँ प्रतिनिधि आवाज गुञ्जाउने हो,’ उनले भने, ‘हरेक विषय आउने बित्तिकै संसद्लाई ठप्प पारिहाल्ने कुराले हामीलाई कहाँ पुर्‍याउँछ ?’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार