२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुन तस्करी प्रकरण

संसदमा गृहमन्त्रीको जवाफ : ' एमालेले माग सम्बोधन नभएको भन्दै अवरुद्ध '

तस्करी छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग

मंगलवार , श्रावण २३, २०८०

काठमाडौँ, साउन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद् अवरुद्ध गरेको हो । 

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बोलेपछि पनि एमालेले संसद् अवरुद्ध गरेको हो । 

सभामुख देवराज घिमिरेले भने नियमित कार्यसूचीलाई अगाडि बढाउनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

कार्यसूचीलाई अगाडि बढाउने भनेपछि एमालेका सांसदहरूले नाराबाजी गरेपछि संसद्को बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

गृहमन्त्री श्रेष्ठले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने मागमा समर्थन जनाएका थिएनन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार