काठमाडौँ, साउन । गत बुधबारदेखि बसेको नेकपा माओवादी केन्द्र बैठक आज सकिएको छ । बैठकको समापन गर्दै अध्यक्ष तथा प्रधामन्त्री पुष्पकमल दाहालले केन्द्रीय कमिटी बैठकपछि पार्टी भावनात्मकरूपमा नै एकताबद्ध भएको दाबी गरेका छन् ।
उनले बैठककपछि नेता तथा कार्यबर्तालाई भने, 'पार्टीको मूल नेतृत्वको वरिपरि सबै गोलबन्द हुन आग्रह गर्दै दाहालले सरकारले गरेका राम्रा कामको प्रचार प्रसार गर्दै जनतामा जानुपर्छ ।'
उनले पार्टीका नेर्ता माँझ भने, ' बैठकमा प्रवेश गर्दा पार्टीका नेताबीच पनि आशंका, अविश्वास हो कि भन्ने थियो । यो बैठकबाट निक्लिँदै गर्दा मिडियाका साथीहरूले पनि थाहा पाइसक्नुभएको छ हामी एकढिक्का भएका छौं ।'
'हामी कुनै पनि खालको विधि, पद्धतिबाहिर जाने छैनौं,' उनले भने, 'विचार र राजनीतिमा मात्रै गोलबन्द भएका छैनौं कि हामी सबैको निम्ति यो खुसी र गर्वको कुरा हो, हामी भावनात्मकरूपमा पनि एकताबद्ध भएका छौं ।'
पार्टीले सरकारले गरेका कामका साथै परिवर्तनका उपलब्धिको पनि स्वामित्व लिने गरी जनतामा जानुपर्ने दाहालको भनाइ थियो । 'माओवादीले फेरि देशको नेतृत्व लिनेगरी अगाडि बढ्नेछौं ।'
'हामी यसै पनि युगान्तकारी परिवर्तनको नेतृत्व लिने पार्टी हौं । बीचमा कताकता केही अन्योलमा परेजस्तो भएको थियो । यो बैठकले पार्टी र देशलाई उज्यालो दिएको छ,' उनले भने ।
पार्टी केन्द्रीय समितिको बैठकमा लोकतन्त्र र जनवादको उच्चतम अभ्यास भएको उनले बताए ।
'जनतासँग माओवादी विशेष रुपान्तरण अभियानु को घोषणा गर्दै दाहालले नेपालका सबै घरमा पार्टी नेताहरूलाई गएर सुशासनलगायतका पक्षमा सरकारले चालेका कामको प्रचार गर्न भनेका छन् । '
उनले आफू पनि सात प्रदेशका सातवटा वडामा जाने बताए ।
नेताहरूलाई माओवादीका शुभचिन्तक र कार्यकर्ताको घरमा मात्रै नगई फरक राजनीतिक आस्था राख्नेको जनताको घरमा पनि जान निर्देशन दिएका छन् ।