२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेकपा माओवादी बैठक

केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी  : ' १४२ ले राखे, आज पनि बस्दै ' 

एकजनालाई पाँच मिनेटको समय निर्धारण 

शनिवार , श्रावण २०, २०८०

 

काठमाडौँ, साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठकको चौथो दिनको छलफल सुरु भएको छ । 

कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखिरहेका छन । 

बुधबारदेखि सुरु भएको बैठकमा शुक्रबारसम्म १४२ ले उक्त प्रस्तावमा आधारित रहेर धारणा राखेका छन ।  शुक्रबार ६८ केन्द्रीय सदस्यले धारणा राखेका छन ।  प्रत्येक केन्द्रीय सदस्यका लागि पाँच मिनेटको समय निर्धारण गरिएको छ । 

बैठकमा  ३८७ पूर्ण र १९६ वैकल्पिक केन्द्रीय सदस्यका साथै अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार