२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

माओवादी केन्द्रीय समिति बैठक

केन्द्रीय सदस्यहरुले बैठकमा भने : "  पार्टी विधानसम्मत चलेको छैन " 

बिहिवार , श्रावण १८, २०८०

 

काठमाडौँ, साउन । माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले पार्टी विधिसम्मत रुपले नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बुधबारदेखि काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरुले पार्टी विधान अनुरुप नचलेको भन्दै कार्यशैलीमा रुपान्तरण गर्नुपर्ने बताएका हुन् । 

उनीहरुले पार्टीले बनाएको योजनाहरु कार्यान्वयन नहुने समस्या रहेको पनि बताए ।

बैठकस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै केन्द्रीय सदस्य बलावती शर्माले पार्टीलाई विधि, विधानमा चलाउन नसकिएको बताइन् । उनले महाधिवेशनले नीति र विधि बनाएपछि कार्यान्वयनमा जाँदा भत्किने गरेको उल्लेख गरिन् । 

सांगठनिक रुपमा पनि पार्टी भद्रगोल भएको भन्दै पार्टी संगठनलाई सुधार गर्नुपर्ने उनको सुझाव थियो । त्यस्तै पार्टीको तल्लो कमिटीदेखि नै निर्वाचित भएर नेतृत्वमा आउने व्यवस्था गर्नुपर्ने उनको माग छ ।

‘पार्टी संगठनलाई विधानसम्मत तरिकाले विधि, विधान अनुसार चलाउनुपर्नेमा जहिल्यै पनि विधान भत्किन्छ हाम्रो ।

महाधिवेशनमा नीति बनाउछौ तर कार्यान्वयन गर्न जाने बेलामा त्यो नीति, विधि तत्किन्छ र सबैभन्दा मुख्य समस्या सांगठनिक रुपले, राजनीतिक, वैचारिक रुपले नेतृत्व गर्दागदै पनि हाम्रो एजेण्डा हँदा हँदै पनि सांगठनिक रुपले माओवादी पार्टी जहिल्यै चुकेको छु शर्माले भनिन् ।

विधि, पद्धती र प्रणालीमा लगेर चलाउन नै चुकेको उनले बताइन् । 'योजना बनाए अनुसार कार्यान्वयन नहुँदा समस्या छु उनले भनिन्,ुअब वडा, सेल कमिटीदेखि नै चुनावद्वारा नेतृत्व छान्ने प्रणालीतिर लैजानुपर्छ ।' 

'जो फिल्डमा जान्छ त्यसले जनताको मन जितेर निर्वाचित भएर आउँछ । बनाएको विधानलाई कार्यान्वयन गरेर जान सक्नुपर्छ ।’

केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दिपशिखाले पार्टी अब यो भन्दा ओरालो लाग्ने ठाउँ नरहेको बताए । माओवादी पार्टीजति विधानमा अरु कोही उदार नभएको भन्दै आगामी दिनमा यसरी विधान मिच्नु नहुने बताए । 

 ‘अब पार्टी बनाउने, क्रान्तिकारी बनाउने । अब ३२ सिटभन्दा मुनि झर्ने ठाउँ छैन । सिद्धियो झर्ने ठाउँ ।' 

अब उकालो लाग्ने होु उनले भने,' जनताको हामीसँग विश्वास गुमेको छ । जनता रिसाएका छन् । ३ महिनाभित्र विधान सम्मेलन गर्नुपर्छ ।  किनभने विधानमा हामीजति उदारवादी यो संसारमा कोही पनि छैन । हामी जतिबेला पायो त्यतिबेला बदलिन्छौं ।'

अर्का केन्द्रीय सदस्य रामनारायण बिडारीले पार्टीका नेताहरु तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने बताए । त्यस्तै पार्टी टाठा बाठा र हुनेखानेको मात्रै भएको भन्दै उनले किसान र मजदुरको पार्टी बनाउनुपर्ने बताए ।

‘वक्ताहरुले भनिरहनुभएको छ, म पनि दोषि हुँ । पार्टीको संगठन राम्रो भएन । जनतामा हामी कम गयौं । टाठा बाठा, जान्नेसुन्ने, धनिमानी, हुनेखानेहरुमा बढी समय बितायौं । सहरिया, बजारिया भयौं ।' 

'ग्रामीण जीवनमा गएनौुं उनले भने,'एउटा कुरा जोडदार रुपले उठेको छ, अब अधिकांश पदहरु चुनावबाट आउनुपर्‍यो । चुनावबाट आउनुपर्‍यो भने कार्यकर्ता गाउँमा पनि जान्छन् । बाध्य भएर जान्छन् । गाउँबाट भोट जितेर आउनुपर्‍यो नि ।'

केन्द्रीय सदस्य तिलक मल्लले बैठकमा नेपालका समाजवादी शक्तिहरुलाई केन्द्रित गरेर देशको नेतृत्व गर्ने कुराको बहस भइरहेको बताए । उनले आगामी दिनमा जनताको अपेक्षा पूरा हुनेगरी संगठन निर्माण गर्नुपर्ने उल्लेख गरे ।

केन्द्रीय सदस्य केशवराज कुँवरले नेताहरुको कार्यशैलीमा सुधार गर्नुपर्ने बताए । पार्टीलाई बहुपदमा लगिएको उल्लेख गर्दै नेताहरुले सामूहिकतामा विश्वास गर्नुपर्ने उनको धारणा थियो ।

केन्द्रीय सदस्य कल्पना धमलाले देशमा लोकतन्त्रमाथि प्रहार भएको र दलहरुप्रति आशंका र अविश्वासहरु पैदा भइरहेको अवस्थामा पार्टीलाई रुपान्तरण गरेर अगाडी बढ्नुपर्ने बताइन् । 

अर्का केन्द्रीय सदस्य युवराज चौलागाईंले केन्द्रीय समिति बैठकले पार्टीभित्र देखापरेका संगठनात्मक गतिरोधलाई अन्त्य गर्ने बताए ।

केन्द्रीय सदस्य टेकबहादुर शाक्यले सुन तस्करी लगायतका भ्रष्टाचार काण्डमा पार्टी भित्रैका मान्छेहरुको संलग्नता भेटिए पनि सरकारले कारबाही गर्नुपर्ने धारणा राखे ।

‘सरकारले भ्रष्टाचार नियन्त्रणको सम्बन्धमा गतिलो ढंगले दोषिलाई कारबाही गर्ने काम गरिरहेको छ, पार्टीभित्र वा बाहिरका हुन् जो सुकै हुन् । त्यसलाई निर्मम ढंगले कोच्नुपर्छ । 

यो टड्कारो रुपमा उठेको छ । यदी माओवादीका नेताहरु भएपनि यस्ता सुन काण्डहरुमा गिरोहलाई साथ दिने लाई निरुत्साहित पार्नुपर्छ ।  कोही मुछिएको खण्डमा जनताले देखिने गरी कारबाही प्रक्रिया अगाडी बढाउनुपर्छ र निष्पक्ष रुपमा छानबिन हुनुपर्छ ’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार