२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुन काण्ड प्रकरण 

डा.कोइरालाको प्रश्‍न  :  ' जब नयाँ काण्ड आउँछ, ३ नेता बसिहाल्छन् किन  ?'

'किन बस्नुहुन्छ के छलफल हुन्छ ? केही थाहा छैन '

बिहिवार , श्रावण १८, २०८०

 

काठमाडौँ, साउन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशमा एकपछि अर्को काण्ड भइरहँदा त्यसमा माथिल्लै तहको संलग्नता हुने गरेको दाबी गरेका छन् ।  यस्ता घटनाहरु बाहिर आउने बित्तिकै दलका शीर्ष नेताहरु बैठक बसिहाल्नु अर्थ के हो भन्ने पनि उनले प्रश्न गरेका छन् ।

काठमाडौंमा बिहीबार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले ती नेताबीच के विषयमा छलफल हुन्छ भन्ने नै थाहा नभएको बताए ।

पछिल्लो समयको क्विन्टल सुन तस्करी प्रकणतर्फ संकेत गर्दै नेता कोइरालाले भ्रष्टाचारको अन्त्य भए मात्र देश सुशासनको बाटोमा अघि बढ्ने बताए ।

'अहिले अर्को नयाँ घटनाक्रम छ, जे घटना हुन्छ, तीन जना नेताहरु बसिहल्नुहुन्छ, किन बस्नुहुन्छ के छलफल हुन्छ ? केही थाहा छैन,' नेता कोइरालाले भने, 'हिजो–अस्ति मात्र पनि बसिराखेको जस्तो लाग्छ ।' 

'यसले के सन्देश दिइरहेको छ ? के भइरहेको छ ? यसले देशलाई कहाँ पुर्‍याउँछ रु त्यसैले हामीले भ्ररष्टाचारको अन्त्य गरेर सुशासनको बाटोमा अघि बढाउने हो भने मात्रै देश बनाउन सकिन्छ ।'

अहिले क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले मात्र अनुसन्धान गर्नु र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नहेर्नु अचम्मको विषय रहेको कोइरालाले बताए । 'राजस्वको महानिर्देशक केही दिनअघि प्रधानमन्त्रीको पीए हुनुहुन्थ्यो,' नेता कोइरालाले भने ।

नेकपा एमालेले संसद् अवरुद्ध पार्दा देशलाई क्षति भइरहेको उनले बताए । संसद् अवरुद्ध हुँदा सत्ता पक्षले पनि विचार गर्न आवश्यक रहेको उनले बताए । 

'संसद्लाई अवरुद्ध गर्‍यो भने देशको लागि कति क्षति भइरहेको छ भनेर सत्ता पक्ष र विपक्ष दुवैले बुझ्न आवश्यक छ । कुनै घटना आउँछ तर विपक्षले संसद् अवरुद्ध गरिहाल्छ,' उनले भने, 'यो त राम्रो होइन ।' 

'संसद् त चल्न दिनुपर्‍यो । संसद्‌मा कुरा राखे राम्रै हुन्छ। पक्ष विपक्ष दुवैले विचार राखेको राम्रो हुन्छ। तर संसद्लाई नै अवरुद्ध पारेर त भएन । यसले देशलाई नै नोक्सान हुन्छ । ल सुन काण्ड भयो, तर त्यसमा पनि बोलेर कुरा राखे त हुन्छ । संसद अवरुद्ध गरेर के हुन्छ ?'

पार्टीमा सभापतिले बोलाइरहँदा आफू गइरहेको तर मिल्नलाई एजेन्डामा सहमति हुनुपर्ने उनले बताए । 'तपाईंहरूले शेखर कोइराला सभापतिसँग मिल्यो भनेर लेख्नुभयो । तर किन लेख्नुभयो ? कसले भनेर लेख्नुभयो ? मलाई थाहा छैन ।' 

तपाईंहरु नै लेख्नुहुन्छ कि शेखर कोइराला पहिले जाँदैनथे, मलाई बोलाउँदैन थिए, म जाँदैन थिएँ,' उनले भने, 'अहिले मलाई सभापतिज्यूले बोलाउनुहुन्छ म गइरहेको छु । '

हैन मिल्ने भनेको के हो ? मिल्ने भनेको एजेन्डाले हो, आजको एजेन्डामा हामी सँगै हुन सक्छौं ।' नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आरोप प्रत्यारोपमै सकिएको उनले बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार