काठमाडौँ, साउन । नेकपा माओवादी केन्द्रको बैठक आजदेखि सुरुभएको छ । बैठकको थालनी गर्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धन झन् मजबुत हुँदै गएको बताएका छन ।
उनले सरकारमा गएर राम्रो काम गरेबापत घेराबन्दी भने जारी रहेको आफ्ना नेता तथा कार्यकर्ता माँझ बताए ।
प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका दाहालले राजनीतिक प्रतिवेदन पेश गरेका छन । उनले सो प्रतिवेदनमा भने, 'पछिल्लो घटनाक्रमबारे ब्याख्या गरे, उनले भने, ‘गठबन्धन बलियो हुँदै गएको छ‚ सरकारले राम्रो काम गर्दै गएको हुनाले घेराबन्दी भने जारी छ ।’
उनले समाजवादी मोर्चा बनेको र त्यसले पनि काम गर्न झन् सहज भएको बताए । उनले भ्रष्टाचार र सुशासनको अभियान सरकारले चलाइरहेको छ, यो अभियान रोकिँदैन ।
उनले थपे, 'छोड्न परे तयार छौं तर भ्रष्टाचार र सुशासनको अभियान छोडिन्न, रोकिन्न ।'