२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

आयल निगम  : ग्यासको भाउ एकैपटक १३० रुपैयाँ घट्यो 

बुधवार , श्रावण १७, २०८०

काठमाडौँ, साउन । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ । निगमले ग्यासको भाउ  मंगलबार राती १२ बजेदेखि प्रति सिलिण्डर १३० रुपैयाँ घटाएको हो । 

योसँगै अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ६६० रुपैयाँ पर्नेछ । १५ दिनअघि १० रुपैयाँ घटेको ग्यासको भाउ आज एकैपटक १३० रुपैयाँ घटेको हो । 

भारतबाट नयाँ मूल्य आएलगत्तै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको जनाएको छ । १५ दिन अघिदेखि निगमले स्वचालित मूल्य लागू गरेको हो । 

जसअनुसार मूल्य बढेर आए नेपालमा पनि बढ्नेछ भने घटेर आए नेपालमा पनि घट्ने छ ।  स्वचालित प्रणालीअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य भने बढेको छ । 

जसअनुसार पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७–७ रुपैयाँ बढेको छ । 

अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । ठाउँ अनुसार यसको मूल्य फरक फरक कायम गरिएको छ । 

निगमले मंगलबार राति १२ बजेपछि लागू हुने गरी मूल्य समायोजन गरेको हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार