काठमाडौँ, साउन । नेपाली कांग्रेस जिम्मेवार राजनीतिक दल भएकाले देशलाई दलीय दुश्चक्रबाट बाहिर निकाल्नुपर्ने महामन्त्री गगनकुमार थापाले बताएका छन् ।
उनले भने, कम्युनिस्टुँसँग प्रतिस्पर्धा गर्ने नाममा कांग्रेसले पनि सबै जसो निकायमा आफ्ना मान्छे राख्दा समस्या आएको उनको भनाइ थियो ।
केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा आफ्ना धारणा राख्दै थापाले भने, 'दलीयकरणको दुश्चक्रबाट कांग्रेसले देशलाई निकाल्नुपर्छ । कम्युनिस्ट पार्टीसँग प्रतिस्पर्धा गर्ने क्रममा जहाँ पनि हाम्रो मान्छे राख्ने ।'
थापाले संस्था, विश्वविद्यालय, अड्डा अदालतमा आफ्ना मान्छे राख्ने कामबाट कांग्रेस बाहिर आउनुपर्ने बताए । उनले निजामती कर्मचारीसम्ममा आफ्ना मान्छे भनेर जानु ठिक नभएको बताए ।