२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

विधिको शासनद्वारा सुशासन कायम गरिनुपर्छ:अध्यक्ष लामिछाने

शनिवार , श्रावण ६, २०८०

मोरङ, साउन ।राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछानेले नेपाली सेनाको सङ्ख्या घटाउन पर्छ भनेर आफूले कहीँकतै नबोलेको बताउनुभएको छ । विराटनगर–११  पिचरास्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सेनाको सङ्ख्या घटाउनु पर्छ भनेर संसद तथा पार्टीका अन्य कार्यक्रममा  पार्टीको  सांसद तथा नेताले समेत बोलेका छैनन् भन्नुभयो । 
 उहाँले विधिको शासनद्वारा राष्ट्र सञ्चालन भएमा सुशासन कायम हुनेमा पार्टी स्पष्ट छ भन्नुभयो  । अध्यक्ष लामिछानेले प्रदेश संरचना सुधारका लागि दलहरुबीच सहमति जरुरी रहेको बताउनुभयो । उहाँले  आफ्नो पार्टी आम समर्थक पार्टी भएको स्पष्ट पार्दै आगामी मङ्सिरदेखि पार्टीको अधिवेशन कार्य सुरु हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार