२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस बैठक

नेता ज्ञानेन्द्र कार्कीले भने  : ' सभापतिको विरोध गरेर कांग्रेस बलियो हुनसक्दैन '

'नेता कार्यकर्ताले बाटो बिराउन नहुने'

शुक्रवार , श्रावण ५, २०८०

 

काठमाडौँ, साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सभापतिको विरोध गरेर पार्टी बलियो बनाउन नसकिने बताएका छन् । 

केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले सभापतिलाई कमजोर बनाएर कसैले पनि पार्टीलाई बनाउँछु भनेर सोच्नु गलत हुने बताए । 

नेता कार्कीले पार्टीका कोही पनि नेता कार्यकर्ताले बाटो बिराउन नहुने बताए । ‘अहिलेको आवश्यकता के हो ? हामीले बुझ्न सक्नुपर्छ,’ उनले भने, ‘यो पार्टीको संसदीय दलको नेता बदल्ने बेला होइन, सभापति बदल्ने बेला पनि होइन । यो सम्भव पनि छैन । उचित पनि छैन ।’

उनले यदि कसैले त्यस्तो उदेश्य राखेको भए तत्कालै त्यसलाई त्यागेर पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नुपर्ने बताए ।

‘कांग्रेसको सभापति भनेको व्यक्ति होइन, संस्था हो । कांग्रेसको सभापतिलाई कमजोर पारेर पार्टी बलियो हुन सक्दैन,’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार