२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस बैठक

सदस्य सरिता प्रसाईंले भनिन्  :   'बैठक लाइभ छ,  सबै गुनासा पोख्न पाइएन'

शुक्रवार , श्रावण ५, २०८०

काठमाडौँ, साउन । कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईंले केन्द्रीय समिति बैठक लाइभ गर्दा नेतृत्वप्रतिका सबै गुनासा पोख्न नपाएको बताएकी छन् । 

केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा बोल्दै उनले यसपटक लाइभ भए पनि अर्को बैठकपछि यसबारे सोच्नु उपयुक्त हुने बताइन् । 

उनले विश्वविद्यालयका पदाधिकारी र राजदूत नियुक्तिमा राजनीतीकरण गर्न नहुनेमा ध्यानाकर्षण गराएकी छन् ।

 ‘विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्दा र राजदूत नियुक्त गर्दा राजनीतीकरण नगरियोस्,’ उनले भनिन्, ‘शिक्षा क्षेत्रमा राजनीति गर्न हुन्न ।

 शिक्षा क्षेत्र अस्तव्यस्त भएको छ । राजदूत पार्टीका कार्यकर्ता बनाउँदा छवि बिग्रेको छ ।’

उनले योग्य र क्षमतावान व्यक्तिलाई राजदूत नियुक्त गर्न माग गरिन् । उनले महामन्त्रीले ल्याएको एक वर्षे कार्ययोजनाले पार्टीभित्र आशा पलाएको भन्दै त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने बताइन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार