२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

घट्यो सुनको मूल्य तोलामा ८०० रुपैयाँले

शुक्रवार , श्रावण ५, २०८०

काठमाडौँ, साउन ।नेपाली बजारमा  शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको जनाएको छ ।  

बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँमा किनबेच भएको थियो। 

यस्तै शुक्रबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा कायम भएको छ । बिहीबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो। 


,

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार