२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस केन्द्रीय समिति बैठक आज - ४

भोलि वीपी स्मृतिमा रुख रोप्ने : " आइतबार समापन " 

शुक्रवार , श्रावण ५, २०८०

काठमाडौँ, साउन । मंगलबारदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वीपीनगर सानेपामा बस्नेछ ।

यसअघि मंगलबार एजेन्डा सार्वजनिक गरेसँगै बुधबार र बिहीबार गरी दुई दिन ८१ जनाले बोलिसकेका छन् । दोस्रो दिन बुधबार आमन्त्रित प्रदेश सभापतिसहित ४६ र बिहीबार ३५ केन्द्रीय सदस्यहरुले बोलका थिए । बाँकी केन्द्रीय सदस्यहरुले आज विचार राख्नेछन् । बैठक आइतबार सक्याउने गरी तयारी भइरहेको पार्टीले जनाएको छ ।

पार्टी कार्यालयले सोही अनुसारको तयारी गरिरहेको छ । बैठकमा पार्टी गतिविधिसँगै समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने क्रम चलिरहेको हो ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले बिहीबार संचारकर्मीहरुलाई अझै दुई दिन बैठक चल्ने बताएका थिए । बैठक आज र आइतबार बस्नेछ । शनिबार भने वीपी स्मिति दिवस हो ।

त्यो दिन केन्द्रीय समिति बैठक बस्दैन । कांग्रेसले विशेष कार्यक्रम गर्ने भएको छ । कांग्रेसले देशका सबै पालिकाहरुमा रुख रोप्ने कार्यक्रम रहेको महामन्त्री गगनकुमार थापाले बताएका छन् ।

उनले जिल्ला कार्यसमितिका सबै जिल्ला सभापतिहरुलार्य पत्र लेख्दै वीपी स्मृति दिवसमा नेपाली कांग्रेसका ७५३ वटै पालिका कार्यसमितिहरुले रुख रोप्ने अभियान संचालन गर्नुपर्ने भनेका छन् ।

सोअनुसार भनिएको छ, जिल्लाभित्रका सम्पूर्ण पालिका, कार्यसमिति, पालिका भित्रका वडा कार्यसमिति, टोलसमिति, क्रियाशील सदस्य र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका सदस्यहरुलाई सहभागी गराइ उक्त कार्यक्रम सम्पन्न गर्ने गराउने, जिल्ला, प्रतिनिधि सभा निर्वाचन, प्रदेश सभा निर्वाचन, क्षेत्र पालिका कार्यसमिति र वडा कार्यसमितिका सम्पूर्ण साथीहरुलाई आ-आफ्नो पालिकामा सहभागी गराउने, रोपिएको रुख संरक्षणका लागि उचित व्यवस्थापन गराउनु हुन अनुरोध गरिन्छ ।

यसपालिको कांग्रेस बैठक पहिलो पटक प्रत्यक्ष प्रशारण भइरहेको छ । धेरैजसो नेताहरुले कांग्रेसलाई संगठित गर्नेभन्दा पनि पालेका कुण्ठाहरु ओकलेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार