२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली काँग्रेस बैठक आज  - ३

कार्यसूचिमाथि छलफल  :   ' दोस्रो दिन बुधबार ४६ जनाले धारणा राखे'

" बैठकमा निकासभन्दा आरोप - प्रत्यारोप निकै ओकलियो " 

बिहिवार , श्रावण ४, २०८०

काठमाडौँ, साउन । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक  आज  पनि बस्दैछ । गत मंगलबारदेखि बसेको बैठक निरन्तर चलिरहेको छ ।  हिजो बुधबारको बसेको दोस्रो दिनको बैठकमा  ४६ जनाले  आफ्नो धारणा राखेका छन ।  

 सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, सानेपामा बसेको  हो । सो  बैठकमा बुधबार  बोल्ने केन्द्रीय सदस्यहरुमा :

जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार वुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (तामाङ्ग, नारायणबहादुर कार्की, मानबहादुर नेपाली, नैनसिंह महर, गोविन्दबहादुर शाह, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, गुरु बराल, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, सुशिला भट्ट मिश्र, नागिना यादव, नानु बास्तोला, मदनकृष्ण श्रेष्ठ, नृपबहादुर बड, कान्तिका सैजुवाल, सुशीला थिङ्ग, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य) गणेश लामा, रुपा विक, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक, जीवन राना, राधा घले, रुक्मिणी कोइराला, उर्मिला थपलिया, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई, लक्ष्मी खतिवडा, गंगा शाही र सीतादेवी देवकोटा 

रहेका छन ।  

आमन्त्रित प्रदेश सभापतिहरु : 
कृष्णप्रसाद यादव (मधेस प्रदेश), इन्द्रबहादुर बानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) र बीरबहादुर बलायर (प्रदेश) ले आ–आफ्ना धारणा  राखेका थिए । 

बुधबारको बिहान ११ बजेदेखि साँझसम्म बसेको बैठकमा ४६ जनाले आफ्नो धारणा राखे । धारणा राख्ने क्रम जारी रहेको छ । 

पहिलो पटक प्रत्यक्ष प्रशारण गरिएको बैठकमा नेताहरुले निकासभन्दा पनि आरोप प्रत्यारोप निकै नै ओकलेका छन् ।  एक वर्षपछि पहिलो पटक केन्द्रीय कार्यसमिति बैठक बसेको हो । 

मङ्गलबार प्रारम्भ बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी र अर्का महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव प्रस्तुत गरेका थिए । 

यसैगरी नेता गोपालमान श्रेष्ठले पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए । नेता आनन्दप्रसाद ढुङ्गानाले अनुशासन समितिले तयार गरेको कामका बारेमा जानकारी गराएका थिए । 

यसैगरी प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिकाका विषयमा प्रमुख सचेतक रमेश लेखकले र सरकारमा पार्टीको भूमिकाका बारेमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउँदै आफ्ना धारणा व्यक्त गरेका थिए । 
 
बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएको छ । बैठकमा विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन  विषयको कार्यसूचिमाथि छलफल भइरहेको छ ।

कार्यसमितिको बैठक आज ११ बजे पुनः बस्दैछ । 


प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार