२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली काँग्रेस 

पदाधिकारी बैठक आज  बस्दै  :' केन्द्रीय समितिका एजेन्डामा छलफल '

बैठक दिउँसो २ बजे बस्ने

सोमवार , श्रावण १, २०८०

काठमाडौँ, साउन ।  आज नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दैछ ।  भोलि बस्ने केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको जनाइएको छ ।  

सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई केन्द्रीय समिति बैठकमा छलफल गर्ने एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । बैठक दिउँसो २ बजे बस्नेछ । 

देउवाले पदाधिकारीसँग छलफल गरेपछि दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग पुनः छलफल गर्ने बुझिएको छ ।गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको निधनपछि स्थगित भएको सो बैठक मंगलबार बस्दैछ । आजको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार