२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस

महामन्त्री थापाले भने : ' सांसदको संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन '

शनिवार , आषाढ ३०, २०८०

मोरङ, असार । सांसदको आवश्यक संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन हुने कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् । विराटनगरमा शनिबार पत्रकारहरूसँगको महामन्त्री थापाले आवश्यक संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन हुने बताएका हुन् । 'संसदीय दलको नेताका लागि मैले भिडेकै हो ।

पार्टीमा विधानअनुसार दलको नेता परिवर्तन भएको इतिहास छ । मलाई आवश्यक संख्या पुगेको महसुस भएको दिन नेता परिवर्तन गरेर अघि बढ्छु,' महामन्त्री थापाले भने । तनहुँमा उपनिर्वाचन हारेको र मनाङका सांसद टेकबहादुर गुरुङ निलम्बनमा रहेकाले कांग्रेसमा ८७ सांसद छन् ।

संसदीय दलमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । बहुमतले दलको नेता हटाउन सकिने व्यवस्था छ । नेता शेखर कोइरालाका पक्षमा कम्तीमा ३१ सांसद छन् । संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दा थापालाई संस्थापन इतरपक्षको पूरै मत परेको थिएन ।

साउन २ गतेबाट पार्टीको केन्द्रीय कार्यसमितिको सुरू हुने बैठक विधानअनुसार नियमित हुने थापाले दाबी गरे । बैठकले पार्टीको नीति महाअधिवेशनको मिति तय गर्छ र त्यसपछि व्यापक छलफल गरेर पार्टी अघि बढ्छ,ञ उनले भने, झनीति महाधिवेशनले पार्टीले गरेको निर्णयहरूको समीक्षा र भावी कार्यदिशा तय गर्छ ।

चुनाव अगाडि गरेको गठबन्धनले देशको राजनीति गिजोलिएको र पार्टीहरू स्वतन्त्र रूपमा सोच्न पनि नसक्ने अवस्थामा पुगेको थापाको भनाइ थियो । सीमित व्यक्तिको सल्लाह चलेकाले कोशी प्रदेश सरकारमा अप्ठेरो परिस्थिति आएको पनि उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार