२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई सहयोग गर्छौं' : सभापति लामिछाने

सोमवार , आषाढ २५, २०८०

काठमाडौँ, असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रबि लामिछाने सरकारले अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ रहने बताएका छन ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सभापति लामिछानेले मिटरब्याज पीडितलाई न्याय दिनका लागि सगरकाले अघि सारेको काम सकारात्मक रहेको भन्दै रास्वपाको पूर्णसमर्थन रहने समेत स्पष्ट पारे । 

उनले राष्ट्रिय स्वाधिनता र स्वाभिमानताका विषयमा यसरी संसदमा जवाफ दिनुपर्ने वातावरण फेरि सिर्जना नहोस् भनी प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराए ।

नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले समसामयिक विषयमा उठेका विषयमा प्रधानमन्त्रीले सदनलाई जवाफ दिएर विश्वासको वातावरण सिर्जना गर्नुपर्ने माग गरे । उनले मुलुकको सार्वभौमिकताको प्रवद्र्धनमा सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङ्देलले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे सदनलाई स्पष्ट जवाफ दिनुपर्ने माग गरे ।



प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार