२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

महासङ्घ र परिसङ्घले आर्थिक मुद्दामा सहकार्य गर्ने

सोमवार , आषाढ १८, २०८०

काठमाडौँ, असार । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घबीच निजी क्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्ने विषयमा छलफल भएको छ । 

महासङ्घले आज परिसङ्घका नवनिर्वाचित पदाधिकारी र कार्यकारी समितिलाई बधाई एवं शुभकामना प्रदान गर्न आयोजना गरेको कार्यक्रममा दुवै संस्थाका नेतृत्वले सहकार्यमा जोड दिएका छन । 

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले परिसङ्घका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई बधाई दिँदै मुलुकको अर्थतन्त्र विषम परिस्थितिमा रहेकाले दुई संस्थाबीच सहकार्य आवश्यक रहेको बताए ।  

उनले भने, “हामीले विगतमा पनि सहकार्य गरेर सुखद् नतिजा ल्याउन सफल भएका थियौँ र अब पनि यसलाई निरन्तरता दिनुपर्छ ।”
 
अध्यक्ष ढकालका अनुसार महासङ्घ, परिसङ्घ र नेपाल चेम्बर अफ कमर्शले बिहीबार संयुक्त रूपमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सुझाव पेश गर्दैछ । यसले आर्थिक क्षेत्रमा सकारात्मक सन्देश दिनेछ । 

यसैगरी परिसङ्घका अध्यक्ष अग्रवालले नीतिगत पैरवीका लागि दुवै संस्थाबीच सहकार्य आवश्यक रहेको बताए ।   महासङ्घको स्वागतका लागि धन्यवाद व्यक्त गर्दै उनले भन्नुभयो, “हामीले सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्छ ।” 

परिसङ्घको यही असार ९ गते अध्यक्ष अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । सोमबारको छलफलमा परिसङ्घ र महासङ्घका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरूको सहभागिता थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार