२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

जनता समाजवादी  बैठक निर्णय

पाँचजना केन्द्रीय सदस्य निष्काशन  : ' आजदेखि विधान अधिवेशन हुँदै '

आइतबारदेखि विधान अधिवेशन हुँदै

शनिवार , आषाढ ९, २०८०

काठमाडौँ, असार । जनता समाजवादी पार्टी (जसपा) नेपालको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीका पाँच जना केन्द्रीय सदस्यलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।

आजको बैठकले विसं २०७९ मङ्सिरमा सम्पन्न भएको निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका केन्द्रीय सदस्य दीपेन्द्र नेम्वाङ, देउकुमार नेम्वाङ, महेन्द्र चौधरी, मनोेरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन । 

उनका अनुसार छानबिन समितिको प्रतिवेदनको सिफारिस अनुसार पाँच जनलाई पार्टीबाट निष्काशन गरिनुका साथै पार्टीका केही केन्द्रीय नेताहरूलाई नसिहत दिने निर्णय भएको छ । 

कारबाहीको निर्णयउपर चित्त नबुझेमा सम्बन्धित व्यक्तिले १५ दिनभित्र पार्टीको अनुशासन आयोगमा निवेदन दिनसक्ने सो पार्टीले जनाएको छ ।

यसैगरी आजको बैठकले विधानको मस्यौदालाई अनुमोदन गरेको छ । उक्त अनुमोदित विधानको मस्यौदा भोलि आइतबारदेखि सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने जनाइएको छ । 

सशस्त्र जनयुद्ध, जनआन्दोलन र मधेस जनविद्रोह जस्ता राजनीतिक सङ्घर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षार्थ गठित पार्टी सम्बद्ध समाजवादी मोर्चालाई पार्टीको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको केन्द्रीय प्रचार विभाग प्रमुख बस्नेतले बताए । 

केन्द्रीय कार्यकारिणी समिति र राजनीतिक समितिका बैठकले गरेका यसअघिका निर्णयलाई समेत आजको बैठकले अनुमोदन गरेको जनाइएको छ । 

आइतबारको बैठकमा केन्द्रीय समितिका ४२३ सदस्य साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनित हुने १० जना सहित  ७७८ प्रतिनिधि सहभागी हुने सो पार्टीले जनाएको छ । 

यसरी सहभागी भएका प्रतिनिधिलाई ११ वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार