२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सर्बोच्च अदालतको फैसला

मेयर शाहले भने : " अदालत र सरकार भारतको गुलाम जस्ताे ! "

‘सार्वभौमिकता र स्वाधीनताको कुरा आउँछ‚ कानुन र अदालतलाई मान्नेवाला छैन ’

बिहिवार , आषाढ ७, २०८०

 

काठमाडौँ, असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालत र सरकार भारतको गुलाम भएको भन्दै देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कानुन र अदालत नमान्ने बताएका छन् ।

सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि फिल्म नरोक्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेपछि शाहको यस्तो प्रतिक्रिया आएको हो । जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ‚ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । 

फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनिसकेपछि उनीहरूको नियत थाहा हुन्छ‚’ मेयर शाहले फेसबुकमा लेखेका छन्‚ ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ ।  यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

बालेन्द्र शाहले गत सोमबारदेखि नगर प्रहरी खटाएरै काठमाडौंमा फिल्मको प्रदर्शन रोक्नुका साथै काठमाडौंमा कुनै पनि भारतीय फिल्म चल्न नदिने बताएका थिए ।  प्रदर्शन रोकिएपछि हलहरूको छाता संगठन चलचित्र संघ यसविरुद्ध अदालत पुगेको थियो ।

balen-2262023110600-1000x0.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार