२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'एमालेसहितको कम्युनिस्ट एकता सम्भावना  छैन' : प्रदीप पौडेल

मंगलवार , आषाढ ५, २०८०

 

काठमाडौँ, असार । सांसद प्रदीप पौडेलले समाजवादी मोर्चा बनाउँदैमा कांग्रेस नतर्सिने बताएका छन् ।  मंगलबार संसद्‍बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समाजवादी मोर्चाबाट कांग्रेस नतर्सिएको बताएका हुन् । 

सांसद पौडेलले अब एमालेसहितको कम्युनिस्ट एकताको सम्भावना नरहेकोसमेत स्पष्ट पारे । एमालेसँग दूरी बढाउनका निम्ति अरु कम्युनिस्ट नेताहरुले समाजवादी मोर्चा घोषणा गरेको उनको भनाइ छ । 

समाजवादी मोर्चासँग आशंका गरेर कांग्रेस सरकारबाट नबाहिरिनेसमेत उनले बताए । उनले विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी सञ्चालन हुनुपर्ने बताए ।

'अब एमालेसहितको कम्युनिस्ट एकताको सम्भावना अब रहेन, एमालेसँग दूरी बढाउनका निम्ति अरु कम्युनिस्ट नेताहरुले यो गरेका हुन् । यो मोर्चा बनाएपछि सरकार फेरिने, कांग्रेस त्यसमा आशंका गरेर बाहिरिने स्थिति बन्छ भन्ने लाग्दैन,' उनले भने ।

त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाको आलोचना गर्दै उनले भने, ुविधि विधानले व्यवस्था गरेबमोजिम पार्टी चल्नुपर्छ । बैठक नियमित ढंगबाट बस्नुपर्छ । 

जुन विषयमा निर्णय गर्नुपर्नेछ, त्यो निर्णय सभापति र उहाँले मन पराएका दुई चार जना मात्रै बसेर गर्नु भएन । कार्य सम्पादन, केन्द्रिय समितिहरु पनि त्यसमा सहभागी हुनुपर्छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार