२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस 

नेता सिटौलाले भने : " दलका नेताहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भए "

'कांग्रेसभित्र अहिलेकै अवस्थाको निरन्तरता दिने हो भने  २०५८ सालतिरको जस्तै बन्छ' 

सोमवार , आषाढ ४, २०८०

काठमाडौँ, असार । राजनीतिक दलका  नेताहरु देश, जनता र पार्टीभन्दा  व्यक्तिगत स्वार्थमा केन्द्रित भएको कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले  बताउका छन ।  नेता सिटौलाले सो कुरा सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७औं महाधिवेशनलाई सम्बोधन गर्दै बताएका हुन । 

नेता सिटौलाले भने,  'मुलुकको नेतृत्व गर्ने नेताहरूमा राष्ट्र र पार्टीको स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हावी भएकाले संविधान कार्यान्वयनमा समस्या देखिएको  हो ।' 

पछिल्लो समय नेताहरूमा मात्रै नभएर सरकार,संसद,न्यायालय,राज्यका संवैधानिक निकायहरू समेत संविधानले तय गरेको गन्तव्य, मूल्य र मान्यता छाडेर व्यक्तिगत स्वार्थ हावी भएको उनले दाबी गरे। उनले राष्ट्रको स्वार्थ र पार्टीको स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हावी हुँदा मुलुकमा विभिन्न समस्या उत्पन्न भएको बताए ।

नेता सिटौलाले नेपालको वर्तमान राजनीतिक अवस्थाले निरन्तरता पाए नेपालले सोचेको गन्तव्यमा पुग्न नसकिने बताए ।  उनले भने, 'नेपालको आजको राजनीतिक अवस्थाको निरन्तरता हुने हो भने र नेपाली कांग्रेसभित्रको अवस्था पनि यस्तै अवस्थामा चल्ने हो भने हामीले सोचेको गन्तव्यतर्फ पुग्न सकिँदैन । '

'यसको निरन्तरता भए झन्डै २०५८ सालतिरको अवस्था नहोला भन्न सकिँदैन । त्यसैले एक पटक नेपाली कांग्रेस तथा तमाम लोकतन्त्रवादीहरुले सिङ्गो देशलाई नेतृत्व प्रदान गर्दछ,' उनले भने ।

कांग्रेसभित्रको अवस्थामा अहिलेकै निरन्तरतामा चल्ने हो भने २०५८ सालतिरको अवस्था हुने नेता सिटौलाको भनाइ छ ।  उनले एक पटक कांग्रेसले देशमा आम जनताले चाहेको जस्तो देश बनाउने बाटोमा सिङ्गो नेपाललाई हिँडाउन सक्नुपर्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार