२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेप्से परिसूचक : उकालो यात्रा कायमै

आइतवार , आषाढ ३, २०८०


काठमाडौँ, असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्राले यो साता कारोबारको पहिलो दिन पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार ९४ दशमलव ३३ को बिन्दुमा पुगेको हो ।
     
नेप्सेका अनुसार आज विभिन्न  २८० कम्पनीका एक करोड २० लाख ९५ हजार ९६६ कित्ता शेयर रू चार अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ मा खरिदबिक्री भएका छन् । 
     
आइतबार बैंकिङ समूह तीन दशमलव ५५ अङ्कले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचकमा  ६९४ दशमलव १४ र निर्जीबन बीमा समूहको उपसूचकमा पाँच सय दशमलव ३० अङ्कको वृद्धि देखिएको छ ।
     
विकास बैंक ५० दशमलव १२, वित्त ३५ दशमलव ७७, होटल तथा पर्यटन  २९४ दशमलव ४०, जलविद्युत् एक सय दुइ दशमलव ०१, लगानी एक दशमलव ०४ र उत्पादन तथा प्रशोधन समूह एक सय ४२ दशमलव ०१ अङ्कले बढेको छ । 

त्यस्तै, लघुवित्त समूहको उपसूचक एक सय तीन दशमलव ५२, म्युचुअल फन्ड शून्य दशमलव १२, व्यापार ८७ दशमलव ०८ र अन्य समूह ८६ दशमलव ३० अंकले बढेको छ ।

आजको कारोबारामा २८ वटा कम्पनीको शेयर मूल्यमा मात्रै गिरावट देखिँदा छवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ग्रीन भेञ्चर्स लिमिटेड, सुपर मादी हाइड्रोपावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
 
सबैभन्दा धेरै गुमाउनेमा भने शुभम् पावर लिमिटेडको शेयर मूल्य पाँच दशमलव ५८ प्रतिशतले घटेको छ । 

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू ३६ करोड ६४ लाख ९९ हजार १५८ बराबरको छ लाख ४९ हजार छ सय पाँच कित्ता शेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार