२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राेजगारमा कोरोना

सरकारको निर्णय : "कतारका लागि श्रम स्वीकृति बन्द"

कोरोनाका कारण नेपाली कामदार प्रवेशमा रोक

मंगलवार , फाल्गुण २७, २०७६

काठमाडौं, फागुन  । कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै नेपाल सरकारले पनि कतार जाने नेपाली कामदारको श्रम स्वीकृति बन्द गरेको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले नेपाली कामदार कोरोनाका कारण कतारले प्रवेशका रोक लगाएपछि कामदारको श्रम स्वीकृत दिन बन्द गर्ने निर्णय गरेको डेमाेखबर अनलाईनलाई जानकारी दिए ।

कतार सरकारको अर्को निर्णय नआएसम्म तत्कालका लागि श्रम स्वीकृति बन्द हुने महानिर्देशक दहालले स्पष्ट पारे । यो एक महिनामा कतार जानको लागि चार हजार जनाले श्रम स्वीकृति लिएको उनले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार