२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोरोना भाइरसको संक्रमण

असर कम हुँदै : "संक्रमित निको भएर फर्कनेको संख्या बढ्दै "

अहिलेसम्म ४ हजार १२ ले ज्यान गुमाए

सोमवार , फाल्गुण २६, २०७६

काठमाडौं, पफागुन । चीनको वुहानबाट फैलिन थालेको कारोना भाइरस (कोभिड–१९) विश्वका एक सय १२ देशमा पुगिसकेको छ ।  धेरै देशमा फैलिए पनि यसको असर बिस्तारै कम हुँदै गएको छ ।

अहिलेसम्म ४ हजार १२ जनाको ज्यान गएको छ । चीनमा सबैभन्दा धेरेको मृत्यु भएको छ । इटालीमा भने मृतक बढिरहेका छन् । ४६३ जनाको ज्यान गइसकेको छ । 

संक्रमितको संख्या १ लाख १३ हजार ६०५ पुगेको छ । चीनमा मात्रै संक्रमितको संख्या ८० हजार ७५४ पुगे पनि ५० हजारभन्दा बढी निको भएर घर फर्किसकेका छन् । 

इटालीमा संक्रमित ९ हजार १७२ जना छन् । जहाँ एक करोड ६० लाखलाई क्वारेन्टाइनमा राखिएको छ । इरानमा २३७ जना मर्दा ७ हजार १६१ जना संक्रमित छन् । 

दक्षिण कोरियामा ५३ जनाको ज्यान जाँदा ७ हजार ४७८ जना संक्रमित छन् । इरानबाट २ हजार ३९४ जना निको भएर फर्केका छन् । इटालीमा ७२४ जना घर फर्केका छन् । 

चीनमा संक्रमित हुनेको संख्या घट्दै जाँदा निको भएर फर्कने बढ्दै गएका छन् । तर इटालीमा भने संक्रमण नियन्त्रणमा आउन केही समय लाग्ने देखिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार