२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

समाजवादी प्रेस सङ्गठनको अधिवेशन आजदेखि

शुक्रवार , जेठ २६, २०८०

काठमाडौँ, जेठ ।समाजवादी प्रेस सङ्गठन नेपालको पहिलो केन्द्रीय अधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

अधिवेशनको उद्घाटन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नुहुने छ । 

सङ्गठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठका अनुसार राष्ट्रिय अधिवेशनबाट सङ्गठनको नयाँ नेतृत्व चयन गरिने छ । केन्द्रीय अधिवेशनमा देशभरबाट करिब पाँच सय पत्रकारको सहभागिता रहने छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार