२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

महिला तथा सामाजिक मामिला समिति सदस्यमा कंसाकार

बुधवार , जेठ २४, २०८०

काठमाडौँ, जेठ ।प्रतिनिधिसभामा सदस्य बिन्दवासिनी कंसाकार महिला तथा सामाजिक मामिला समितिमा मनोनीत हुनुभएको छ ।

उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सदस्यका रुपमा सांसद बन्नुभएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७७ बमोजिम सभामुख देवराज घिमिरेले सांसद कंसाकारलाई समिति सदस्यमा मनोनयनका लागि प्रस्ताव गर्नुभएकोमा बैठकले सहमति जनाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार