२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सुरु

बिहिवार , जेठ १८, २०८०

नयाँदिल्ली,जेठ ।भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको हो ।सुरुमा प्रधानमन्त्रीस्तरमा छलफल हुने र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ ।

त्यसलगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । दुई देशका प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलन  आयोजना गर्नुहुनेछ । प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै दिवा भोज आयोजना गर्नुहुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार