२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

२०८०/८१ को  बजेट

आर्थिक वृद्धि लक्ष्य ६ प्रतिशत  : " मूल्यवृद्धि सीमा ६.५ प्रतिशत "

चालु आ.व.मा ८ प्रतिशत वृद्धिको लक्ष्य, २.१६  मात्र वृद्धि हुने अनुमान 

सोमवार , जेठ १५, २०८०


काठमाडौँ, जेठ । आगामी आर्थिक वर्ष २०८०/८१ मा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य तय गरेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य घोषणा गर्दै अर्थमन्त्री महतले आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशतको तय गरिएको बताएका हुन् ।

चालु आर्थिक वर्षमा सरकाले ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य तय गरेकोमा २.१६ प्रतिशतले मात्र आर्थिक वृद्धि हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ ।

यस्तै, सरकारले आगामी आर्थिक वर्षमा मूल्य वृद्धिदर ६.५ प्रतिशतभित्र राख्ने लक्ष्य तय गरेको छ । चालु आर्थिक वर्षमा मूल्य वृद्धिदरको लक्ष्य ७ प्रतिशत तय गरिए पनि त्योभन्दा माथि रहँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार