२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

 आगामी वर्ष  ः सरकारले नयाँ गाडी नकिन्ने, नयाँ भवन पनि नबनाउने

सोमवार , जेठ १५, २०८०

काठमाडौं, जेठ ।  सरकारले आगामी आर्थिक वर्षमा नयाँ सवारी नकिन्ने घोषणा गरेको छ। संघीय संसदमा पेश भएको बजेटमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा नयाँ सरकारी भवन पनि नबनाउने घोषणा गरेका छन् ।

सरकारी अधिकारीहरुलाई दिइने इन्धन सुविधालाई अब नगदमा स्वीकृत मापदण्डमा आधारित भएर नगदमै दिने व्यवस्था गरिने भएको छ ।

त्यसैगरी सरकारी सवारी साधन किन्नुको सट्टा सवारी चढ्ने अधिकारीहरुलाई एकमुष्ट रुपमा नगदै प्रदान गर्ने घोषणा पनि बजेटले गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार