२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राेजगारमा कोरोना भाइरस

कतार : " नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक"

कोरोना भाइरसप्रति कतारकाे सतर्कता

आइतवार , फाल्गुण २५, २०७६

 काठमाडौं, फागुन । नेपालीको प्रमुख रोजगार गन्तव्य मुलुक कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।

विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै यी १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको त्यहाँको द गभरमेन्ट कम्युनिकेसन अफिस (जीसीओ) ले जनाएको छ ।

अल्पकालीन प्रवेशमा रोक लगाइएका मुलुकहरूमा नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत र इरान छन् ।  त्यस्तै, इराक, लेवनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्ड नागरिकले पनि कतार प्रवेश पाउने छैनन् ।

विश्वव्यापी रूप लिइरहेको कोरनो भाइरसको संक्रमण कोरियामा पनि देखिएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार हालसम्म त्यहाँका १२ जनामा कोरोनाको लक्षण भेटिएको छ । यो संक्रमणबाट हालसम्म मृत्यु भने भएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार