२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

राष्ट्रियसभा बैठक

सरकारको नीति तथा कार्यक्रम : " विरोध गर्ने आधार कसैसँग देखिँदैन "

प्रधानमन्त्री  दाहालले भने : न्यूनतम साझा कार्यक्रम बिपक्षी र सत्तापक्षकै आधारमा 

मंगलवार , जेठ ९, २०८०

काठमाडौँ, जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमको विरोध गर्न सैद्धान्तिक र नैतिक धरातल कसैसँग नभएको बताएका छन् । 

प्रतिपक्षमा रहेका र सत्तापक्षमा रहेकाको न्यूनतम साझा कार्यक्रमको धरातलमा उभिएर नीति तथा कार्यक्रम बनेकाले यसको अति विरोध र अति समर्थन आवश्यक नभएको प्रधानमन्त्री दाहालको भनाइ थियो । 

राष्ट्रिय सभाको मंगलबारको बैठकमा नीति तथा कार्यक्रमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिमा आफू अगाडि बढेको पनि बताए । 

नीति तथा कार्यक्रम आफू प्रधानमन्त्री भएपछिका दुवै गठबन्धन (एमाले र कांग्रेससँगको)  का न्यूनतम साझा कार्यक्रममा आधारित भएर ल्याइएको पनि उनको भनाइ थियो ।

सैद्धान्तिक, राजनीतिक र नैतिक धरातलमा उभिएर भन्ने हो भने यो नीति तथा कार्यक्रम हामी सबैको राष्ट्रिय सहमतिको बन्न गएको छ । यो मौलिक विशेषयता दुर्लभ भेटिन्छ, सधैं यस्तो भेटिँदैन । 

हामी अहिले सत्ता र प्रतिपक्षमा त छौं तर यस्तो चरित्र पृष्ठ भूमिसहित छौं कि हामीले साझा नीति कार्यक्रम सामूहिक रूपले सार्वजनिक गर्‍यौं । 

त्यसको जगमा सरकारको नीति तथा कार्यक्रम बनेको हुनाले अतिमा गएर यसको विरोध गर्ने पनि सैद्धान्तिक र नैतिक धरातल देखिँदैन । 

अतिमा गएर समर्थन गर्नुपर्ने पनि छैन,ु उनले भने, ुहिजो प्रतिपक्षमा रहेकाको पनि र आज प्रतिपक्षमा रहेकाको पनि विचार, धारण, योजना, साझा न्यूनतम कार्यक्रम यसमा समेटिएका छन् ।ु
प्रधानमन्त्री दाहालले गत पुस १० मा भएको एमालेसँगको गठबन्धनको साझा न्यूनतम कार्यक्रम र पछि कांग्रेससँग भएको गठबन्धनको साझा न्यूनतम कार्यक्रममा आधारित भएर नीति तथा कार्यक्रम ल्याइएको बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार