२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

जसपाको संसदीय दल :  नेतामा अध्यक्ष यादव चयन

सोमवार , जेठ ८, २०८०


काठमाडौँ, जेठ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत चयन हुनुभएको छ । 

जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको निर्वाचन समितिको बैठकमा संसदीय दलको नेतामा यादवको नाम दलको नेतामा सर्वसम्मत घोषणा भएको सो पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार जसपा केन्द्रीय कार्यकारिणी समितिले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । मिथिलेस सिंहको नेतृत्वमा रहेको समितिमा दीपेन्द्र झा र अर्जुन थापा सदस्य रहनुभएको थियो । 

सोही समितिले सोमबार जसपा संसदीय दलको कार्यालयमा निर्वाचनसम्बन्धी बैठक बोलाएर उक्त बैठकले सर्वसम्मतिबाट अध्यक्ष यादवलाई दलको नेता चयन गरेको सो पार्टीले जनाएको छ । 

संसदीय दलको नेता चयन हुनुभएका यादव गएको वैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ बाट सङ्घीय सांसदमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार