२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

आगामी आवको बजेट 

अर्थमन्त्री डा. महतले गरे पूर्वअर्थ मन्त्रीसँग तयारीका लागि छलफल

'जटिल अवस्थालाई सम्बोधन गर्नेगरी बजेट तयार गर'

शुक्रवार , बैशाख २२, २०८०


काठमाडौँ, बेशाख । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेका छन । पूर्व अर्थमन्त्रीले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजना थप नगर्न सुझाव दिएको अर्थमन्त्रीको सचिवालयले जनाएकोछ ।

छलफलमा पूर्वअर्थ मन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की, डा प्रकाशचन्द्र लोहनी, डा युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी हुनुहुन्थ्यो । छलफलमा अर्थमन्त्री डा महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्नेगरी बजेट तयार गर्न आफू प्रयासरत रहेको र यसका लागि सबैबाट सहयोग मिल्ने आशा व्यक्त गरे । 

उनले पूर्वानुमानको तुलनामा धेरै कम राजश्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनालाई मात्र बजेट छुट्टाउने र नीजि क्षेत्रको आत्म विश्वास बढाउन आफू लागिपरेको जानकारी गराए । 

साथै उनले प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र तोकिएको समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई प्राथमिकता दिने बताउनुभयो । अर्थमन्त्री महतले अन्य पूर्वअर्थ मन्त्रीसमेतबाट निरन्तर सुझाव प्राप्त हुने आशा व्यक्त गरेका छन ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार