२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कांग्रेस संसदीय दल बैठक 

सांसदहरुले अर्थमन्त्रीलाई भने : " बजेटमा जनमुखी कार्यक्रम समेट "

'पार्टी पटक–पटक सरकारमा गयाे, नागरिकमा लामो छाप छोड्ने कार्यक्रम ल्याउन सकेन'

मंगलवार , बैशाख १२, २०८०


काठमाडौँ,  बैशाख । नेपाली कांग्रेसका सांसदहरूले आगामी वर्षको बजेटमा जनमुखी कार्यक्रमहरू समेट्न सुझाव दिएका छन् ।  बजेट निर्माणको तयारी भइरहेका बेला त्यसबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका थिए ।

सोमबार र मंगलबार बसेको दलको बैठकमा बैठकमा सांसदहरूले पार्टी पटक–पटक सरकारमा भए पनि नागरिकमा लामो छाप छोड्ने कार्यक्रम ल्याउन नसकेको भन्दै जनतामा प्रभाव पार्ने खालको कार्यक्रम बनाउन सुझाव राखेका छन् ।


सोमबार र मंगलबारको बैठकमा उठेका सवालहरूमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिएका थिए भने मुलुकको अर्थतन्त्र, बजेट निर्माण र प्राथमिकताहरूका विषयमा जानकारी गराएका थिए ।

सांसद प्रतिमा गौतमले बैठकमा सांसदहरूले अर्थमन्त्री महतलाई बजेटमा मुलुकको अर्थतन्त्रमा सुधार र नागरिकलाई महसुस हुने खालका योजना र कार्यक्रमहरू समेट्न सुझाव दिएको बताइन् ।

मंगलबारको बैठकमा सांसदहरु तेजुलाल  चौधरी, रामनाथ अधिकारी, लीला बोखिम, कुसुम थापामगर, रामकृष्ण यादव, सीता मिजारलगायत सांसदहरुले बोलेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार