२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

काेराेना प्रभाव : सुनकाे भाउमा नयाँ कीर्तिमान

बिहिवार , फाल्गुण २२, २०७६

काठमाडौं, फागुन ।  अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ता आकर्षित हुँदा सुनको भाउ झन् महँगो हुँदै गएको छ ।

सुनको भाउ शुक्रबार तोलामा १८ सय रुपैयाँ बढेर तोलाको ८२ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । कोरोना भाइरसका कारण विश्व नै आर्थिक मन्दीतिर गइरहेकाले लगानीकर्ता सुनतिर आकर्षित भएका हुन् । 

लगानीकर्ता सुनमा आकर्षित हुँदा सुन अन्तर्राष्ट्रिय बजारमै महँगो भएको र डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुँदा नेपालमा झन् महँगो भएको महासङ्घ अन्तर्गतकाे भाउ निर्धारण समितिले जनाएको छ ।

अन्तर्राष्ट्रियस्तरमा नेपालको विनिमय दर भारतीय रुपैयाँमा भर पर्ने भएकाले असर गरेको हो । यो हप्तामात्रै सुनको भाउ तोलामा चार हजार पाँच सय रुपैयाँले बढेको छ ।

हप्ताको पहिलो दिन आइतबार तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार घटबढ भएन । मङ्गलबार तोलामा तीन सय रुपैयाँ बढेको सुनको भाउ बुधबार भने एकैदिन तोलामा दुई हजार दुई सय रुपैयाँले बढेको थियो ।

बिहीबार फेरि तोलामा दुई सय रुपैयाँले बढेको सुनको भाउ शुक्रबार तोलामा एक हजार आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै महँगो तोलाको ८२ हजार पाँच रुपैयाँ पुगेकाे हो ।

चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार