२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाल–जर्मन उद्योग वाणिज्य सङ्घ

अर्थमन्त्रीको योजना : ' मौद्रिक र वित्तीय नीतिबीच सामञ्जस्य कायम गर्दै अघि बढ्ने ' 

अर्थतन्त्र जोगाउन वर्तमान सरकार लागिपरेको छ

शुक्रवार , चैत्र २४, २०७९

 

काठमाडौँ, चैत । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको वर्तमान अर्थतन्त्रलाई थप गतिशील तुल्याउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दैै वित्तीय  र मौद्रिक नीतिबीच तालमेल कायम गरेर अघिबढ्ने योजनामा आफू रहेको बताएका छन ।  

नेपाल–जर्मन उद्योग वाणिज्य सङ्घको २९ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अर्थमन्त्रीले अर्थतन्त्रलाई थप शिथिल हुनबाट जोगाउन वर्तमान सरकार लागिपरेको बताए ।  

आर्थिक क्षेत्रमा सकारात्मक वातावरण सृजना गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै उनले निजी क्षेत्रसँगको सहकार्यमा त्यस्तो वातावरण बनाउन सकिने विचार व्यक्त गरे । 

मौद्रिक नीति र वित्तीय नीतिबीच सामञ्जस्य कायम गर्दै अहिलेका आर्थिक समस्या समाधानका निम्ति केन्द्रीय बैंकसँग मिलेर काम गर्ने जानकारी दिँदै अर्थमन्त्रीले व्यावसायिक क्षेत्रले ब्याजका कारण भोग्नुपरेका कठिनाइ अन्त्य गर्ने प्रयासमा आफू क्रियाशील रहेको बताए ।  

आगामी आर्थिक वर्षको बजेट निर्माणमा आफू जुटेकाले बुँदागत रूपमा अर्थ मन्त्रालयलाई सुझाव दिन निजी क्षेत्रसँग अर्थमन्त्रीले आग्रह गरे ।

त्यस अवसरमा उहाँले अघिल्लो आर्थिक वर्षमा सर्वाधिक निर्यात गरेका सङ्घमा आवद्ध व्यावसायिक प्रष्ठिानलाई कदरपत्र पनि प्रदान गरे ।  

साधारणसभाको सफलताको कामना गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोण परिवर्तन हुनुपर्नेमा जोड दिँदै निर्यात प्रवद्र्धनमा निजी क्षेत्रलाई सरकारी सहयोग अपरिहार्य भएको बताए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार